आइतबार १९ आषाढ २०७९

महेन्द्रनगर,३ जेठ / कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी विजयी भएका छन्। २०७४ सालमा मेयरमा निर्वाचिन चौधरी यसपटक पनि मेयरमा निर्वाचित भएका हुन्।

चौधरीले एमालेकी उम्मेदवार कमल बोहरालाई २ हजार ७४० मतको अन्तरले हराउँदै नगरको मेयरमा पुन निर्वाचित भएका छन्। चौधरीले ८ हजार ७८७ मत ल्याउँदा बोहराले ६ हजार ४७ मत प्राप्त गरेका छन्।

कांग्रेसका हरेन्द्र विष्टले ५ हजार ३२४ मत ल्याएर तेस्रो स्थानमा छन्। नगर उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार जोगरा चौधरी ७ हजार ५८३ मतसहित निर्वाचित भएका छन्। २९ हजार ३७७ मतदातामध्ये २३ हजार १२४ मत खसेका थियो।

यो पनि :- सिमकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का भण्डारी विजयी : काठमाडौँ,३ जेठ / हुम्लाको सिमकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

नेकपा (माओवादी केन्द्र) का विजय भण्डारी (प्रतिरोध) ले दुई हजार ८८२ मत ल्याएर सो गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका महेन्द्रबहादुर शाहीले एक हजार ९६९ मत ल्याएको हो ।

यसैगरी नेपाली कांग्रेसका सुशीला रोकायाले दुई ४७४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी प्रतिमा लामाले एक हजार ४५७ मत ल्याएका छन् ।

७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया