आइतबार १९ आषाढ २०७९

काठमाडौं / काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ७ मा राप्रपाको प्यानल नै विजयी भएको छ । राप्रपाका उम्मेदवार विष्णु प्रसाद श्रेष्ठ ६ सय ५७ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटम प्रतिस्पर्धी काँग्रेसका सुरेन्द्र नाथ श्रेष्ठले ४ सय ५७ मत पाएका छन् । तेस्रो स्थानमा एमालेका दिपेन्द्रलाल सिंहले ३ सय २६ मत पाएका छन् ।

चौथो स्थानमा एकीकृत समाजवादीका बालकृष्ण सिंह डंगोलले १ सय २७ मत पाएका छन् । वडाध्यक्षमा निर्वाचित श्रेष्ठ यसअघि पनि सोही वडाका अध्यक्ष थिए । शंखरापुरमा यसअघि राप्रपाले वडा नं। ३ मा पनि विजय हात पारेको छ ।

यो पनि :- वामपन्थी ‘लालकिल्ला’ कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी निर्वाचित : वामपन्थीहरुको लालाकिल्लाका रूपमा रहेको कीर्तिपुर नगरपालिकामा पहिलो पटक एमाले ‘क्लिन स्विप’ भएको छ । २०५४ सालमा नगरपालिका बनेको कीर्तिपुरमा पहिलो पटक कांग्रेसका राजकुमार नकर्मी मेयरमा निर्वाचित भएका हुन् ।

एमालेका रत्नकेशर बज्राचार्यलाई साढे चार हजार मत अन्तरले पराजित गर्दै नकर्मी विजयी भएका हुन् । उनले ९ हजार ४३ मत ल्याए भने बज्राचार्यले ५ हजार ५०७ मत ल्याए ।

उपमेयरमा पनि नेपाली कांग्रेसकी शुभलक्ष्मी शाक्य विजयी भएकी छन् । उनले ८ हजार ८६५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी एमालेकी बिन्दु मर्हजनले ७ हजार २०६ मत पाए ।

शाक्य जनता समाजवादी पार्टी (जसपा) का नेता हुन् । उनले रूख चिन्हबाट चुनाव लडेका थिए । कीर्तिपुरमा २०७४ सालमा मेयर र उपमेयर दुबै पदमा एमालेले जितेको थियो ।

१६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया