सोमबार २० आषाढ २०७९

काठमाडौं / भरतपुरमा मतगणनका क्रममा भएको विवाद मिलेको छ । यससँगै मतगगणना कार्य अघि बढेको छ । कस्ता मतलाई सदर गर्ने र कस्तालाई बदर गर्ने भन्नेबारेमा गठबन्धन र एमालेबीच असमझदारी भएपछि सर्वदलीय बैठब बसेर विवादको हल गरिएको हो ।

गठबन्धनले रुख र हसिया हथौडा दुवैमा स्वस्तिक चिन्ह लागेकालाई सदर मान्नुपर्ने र एमालेले उक्त मतलाई बदर गर्ने बताएको थियो । सर्वदलीय बैठकले मतगणनामा कमजोरी गर्ने कर्मचारीलाई अब निकाल्ने निर्णय गरेको छ । त्यस्तै यसअघि भएका निर्णयलाई सदर गरेर अघि बढ्नेबारे सहमति भएको छ ।

रेणु दाहाल ३० मतले अगाडि : भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ । दुई उम्मेदवारको मत अघि–पछि हुँदै वडा न. ४ को गणना सकिँदा दाहाल ३० मतले अगाडि हुनुहुन्छ ।

दाहालले पाँच हजार ७१८ मतका साथ अग्रता लिनुभएको छ भने सुवेदीले पाँच हजार ६८८ का साथ पछ्याइरहनुभएको छ । स्वतन्त्रबाट उम्मेदवार रहनुभएका जगन्नाथ पौडेलले दुई हजार ७८८ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले छ हजार ९८५ र राप्रपाका हिमला गुरुङले चार हजार ६४५ मत प्राप्त गर्नुभएको छ ।

आज बिहान सार्वजनिक गरिएको पछिल्लो नतिजाअनुसार वडा नं ४ को गणना सम्पन्न हुँदा कांग्रेसका अर्पण पोखरेल दुई हजार ५३० मतका साथ विजयी हुनुभएको छ । एमालेका उम्मेदवार भानुभक्त सापकोटाले एक हजार ६३३ र राप्रपाका चर्तुभुज कँडेलले ८८० मत प्राप्त गर्नुभएको छ ।

वडा नं ५ को मतगणना थालिएको छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडी र इच्छाकामनाबाहेकका चार पालिकामा पाँचदलीय गठबन्धनको अग्रता रहेको छ ।

१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया