सोमबार २० आषाढ २०७९

काठमाडौं / भरतपुर महानगरको मतगणनाको विवाद मिलाउन सकस परेको छ । सोमबार महानगरको मत गणना गर्ने क्रममा विवाद भएपछि मतगणना नै रोकिएको थियो ।

विवाद नमिले सर्वदलीय बैठक राखेर समस्याको हल गर्ने तयारी भइरहेको छ । नेकपा एमालेले सत्ता गठबन्धनलाई मत गणनाका क्रममा धाँ’ध’ली गरेको आ’रोप लगाएको छ ।

खासगरी मतपत्रमा हँसिया हथौडा र रुख दुवैमा छाप देखिएकोमा गठबन्धनले सदर र एमालेले ब’द’र हुनुपर्ने भनेपछि वि’वा’द सिर्जना भएको हो ।

सो क्रममा उक्त प्रकारको मत बदर गर्ने कर्मचारीलाई गठबन्धनले निकाल्न खोजेको थियो । तर एमालेले मानिरहेको छैन । ती कर्मचारी एमाले निकटको भएको पनि जनाइएको छ ।

मत गणना रोकिएको अवस्थासम्म रेनुले ५ हजार ३ सय ५० मत पाएकी छन् । उता सुवेदीले ५ हजार ३ सय ३३ मत ल्याएका छन् ।

१२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया