सोमबार २० आषाढ २०७९

पोखरा / पोखरा महानगरपालिकाको प्रमुख (मेयर) पदमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यको अग्रता कायमै रहेको छ ।

पछिल्लो प्राप्त मतगणनाअनुसार आचार्यले ५७४८ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले ५०७८ मत पाएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रका) शंकर खरालले ६७७ मत पाएका छन् ।

उपमेयरतर्फ नेपाली कांग्रेसकी कोपिला रानाभाटको अग्रता रहेको छ । उनले ५७१९ मत ल्याउदा एमालेकी मञ्जुदेवी गुरुङले
५६८७ मत ल्याएकी छन् ।

यो पनि :- वीरगञ्ज महानगरपालिकामा गठबन्धनका राजेशमान सिहंको अग्रता कायमै : वीरगञ्ज / मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनानुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले तीन हजार १४९ मतान्तरले अग्रतालाई निरन्तरता दिएका छन् ।

सिंहले पाँच हजार ७२६ मतसहित अग्रता कायम गरेका हुन् । नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले दुई हजार ५७७ मतसहित उनीसँग प्रतिस्पर्धामा छन् ।

महानगरपालिकाको पछिल्लो मतगणना अनुसार वडा नं। १, २, ३, ३०, ३१ र ३२ को पछिल्लो मतगणनानुसार उक्त मत परिणाम बाहिर आएको हो । मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक साता लाग्नेछ ।

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाइएको छ ।

त्यस्तै नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच अर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाइएको हो ।

मतगणना स्थल थपियो :

यसैबीच वीरगञ्ज महानगरपालिकाको जारी मतणनाअन्तर्गत मतगणनालाई चाँडो सम्पन्न गर्न आज मतगणना स्थल र गणक थपिएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नं १५ पिपरास्थित श्री नृसिंह माविमा वैशाख ३१ गतेदेखि चार वटा वडाको मात्र मतगणना भइरहेकोमा आजदेखि थप दुई वडाको गणना थालिएको हो ।

वीरगञ्ज महागरपालिकाको यस अगावै वडा नं १, २, ३१ र ३२ को मतगणना भएकोमा आज देखि थप वडा नं ३ र ३० को गणना थालिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया