सोमबार १५ जेठ २०८०

काठमाडौं / भरतपुर महानगरपालिकामा एमालेले धाँ’धली गर्न खोजेको आ’रोप लगाएसँगै वि’वा’द भएपछि मतगणना स्थगित भएको छ ।

पछिल्लो मत परिणाम अनुसार भरतपुरमा रेनु दाहाल अगाडि छिन् । रेनुले ५ हजार ३ सय ५० मत ल्याउँदा एमालेका सुवेदी ५ हजार ३ सय ३३ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ५ सय ५८ मत ल्याएका छन् ।

खासगरी मतपत्रमा हँसिया हथौडा र कांग्रेस दुवैमा छाप देखिएको गठबन्धनले सदर हुनुपर्ने र एमालेले ब’द’र हुनुपर्ने भनेपछि वि’वा’द सिर्जना भएको हो ।

भरतपुरमा पाँचदलीय गठबन्धन र राप्रपाले सघाएको नेकपा एमालेबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

गठबन्धनकी उम्मेदवार रेनु र एमाले उम्मेदवार विजय सुवेदीबीच मतगणना सुरु भएदेखि नै क’डा ट’क्कर हुँदै आएको छ ।

४५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया