आइतबार १९ आषाढ २०७९

तेह्रथुम / तेह्रथुमको आठराई गाउँपालिका – ४ इवाको वडा अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र गुरूङले ६ सय ९३ मत प्राप्त गरि विजयी भएका हुन् ।

नेकपा (एमाले) का नरेन्द्र कुमार ईङनाम पराजित भएका छन् । उनले ५ सय ६३ मत प्राप्त गरि गरेका थिए । यस वडामा वडामा गठबन्धनको प्यानल नै विजयी भएको छ । इवा एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्म वडा हो ।

यहाँ केही वर्षअघि उनले जन्मदिन मनाएका थिए । सो क्रममा उनले इवामा प्राविधिक शिक्षालय समेत स्थापना गर्ने निर्णय गरेका थिए । हाल उक्त शिक्षालयको भवनसमेत बनिरहेको छ ।

सो क्रममा उनले इवाबाट तत्कालीन एमाले महासचिव स्व. मदन भण्डारीको घर ताप्लेजुङसम्म जाने बाटोको उद्घाटनसमेत गरेका थिए । यस आठराई गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा गठबन्धनका उम्मेदवारहरु भारी मतका साथ अग्रता कायम गरिरहेका छन् ।

आठराई गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । ६ हजार ६ सय ९४ मत गणना गर्दा काँग्रेसले अध्यक्षमा ९ सय १ मत र माओवादी केन्द्रले उपाध्यक्षमा ३ सय २७ मतले अग्रता लिएको छ ।

वडा नम्बर १, २, ३, ४, ५ र ६ को मत गणना गर्दा गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका दिलकुमार पाहिमले ३ हजार ६ सय ३६ मत प्राप्त गरेका छन् ।

अध्यक्षका अर्का प्रतिस्पर्धी नेकपा एमालेका रामचन्द्र थपलियाले २ हजार ७ सय ३५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा गठबन्धनबाट उम्मेद्धार बनेका माओवादी केन्द्रका बलिराज ईङनामले ३ हजार १ सय ४० मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेकी रुपादेवी कन्दङवाले २ हजार ८ सय १३ मत पाएकी छिन् । आठराई गाँउपालिकाको वडा नम्बर १, २ र ३ को मतगणना सकिएको छ । वडा नम्बर १ संक्रान्तिबजारको वडा अध्यक्षमा मात्र नेकपा एमालेका प्रेमराज लिम्बू विजयी भएका छन् ।

वडा नम्बर २ खाम्लालुङको वडा अध्यक्षमा नेपाली काँग्रेसका भिमबहादुर लिम्बू विजयी भएका छन् । यो एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्म गाउँपालिका हो । तत्कालीन इवा गाबिस हाल आठराई – ५ मा ओलीको जन्म भएको थियो ।

१६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया