सोमबार २० आषाढ २०७९

जुम्ला, १ जेठ / नेपाली कांग्रेस पार्टीबाट चन्दननाथ नगरपालिका-८ बाट अध्यक्षमा उम्मेदवारी दिएका रुपबहादुर रोकायाले कार्यकर्तामाथि कु’टपिट गरेका छन् । रोकायाले आफूलाई भाेट नदिएको भन्दै चन्दननाथ नगरपालिका-८ का कुमारविक्रम शाही र कमल बोहोरामाथि कु’टपिट गरेका हुन् ।

रोकायाले भोट नहालेर धो’का दिएको भन्दै कु’टपिट गरेको पी’डित पक्षको भनाइ छ । कु’टाइबाट शाही घा’ईते भएका छन् । उपचारका लागि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ ।

रोकायाले कु’टपिट गरेका भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकाे छ । उ’जुरीमा उनीमाथि आवश्यक का’रवाहीकाे माग गरिएकाे छ । पी’डित शाहीले रोकायाले फोन गरेर काम छ भन्दै बाेलाएर कु’टपिट गरेकाे बताए । पछि फेरि घरमा छलफल गरौँला भन्दै घरभित्र थुनेर सामुहिक कु’टपिट गरेको प्रहरीमा दिएको उ’जुरी उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घा’इते कुमार विक्रम शाहीको घा’उ केस जाँच गर्न अस्पतालमा पठाएको र अ’नु’सन्धान भइरहेकाे बताए । जुम्लाका प्रहरी निरीक्षक भुवन भट्टले यस विषयमा आफूलाई जानकारी नभएकाे बताए ।

१०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया