बिहिबार १८ जेठ २०८०

काठमाडौं / नेकपा (एमाले)की नेत्री एवं पूर्वमन्त्री पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन् ।

स्याङ्जाको वालिङ नगरपालिका–१ को वडा सदस्यमा लडेका पौडेल पराजित भएका हुन् । निर्वाचन आयोगले औपचारिक घोषणा भने गरिसकेको छैन ।

वालिङ नगरपालिका–१ मा नेपाली कांग्रेसका उमेदवार पदमराज गुरुङ नेतृत्वको प्यानल नै निर्वाचित भएको छ । वडाध्यक्षका उमेदवार पदमराजले एमालेका वडाध्यक्षका उमेदवार गिरमान गुरुङको प्यानललाई पराजित गरेका हुन् ।

गिरमानको प्यानलबाट वडा सदस्यमा लक्ष्मीपति पराजित हुँदा कांग्रेसका २२ वर्षीय युवा उमेदवार सम्भव अर्याल निर्वाचित भएका छन् ।

वडा सदस्यमा भएको पराजयसँगै जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचन लड्ने लक्ष्मीपतिको सपना अधुरो भएको छ ।

वडाध्यक्षमा कांग्रेसका पदमराजले ८५० मत ल्याएर निर्वाचित हुँदा एमालेका गिरमानले ८२९ मत पाएका छन् । गिरमान २१ मतले पारजित भएका छन् ।

वडा सदस्यमा निर्वाचित भएका कांग्रेसका सम्भवले एक हजार २२ मत पाउँदा एमालेका लक्ष्मीपतिले ६२६ मत ल्याएका छन् ।

१६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया