
वासिङ्टन/ अमेरिकाले राजनीतिक सङ्क’टमा फ’सेको म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ ।
म्यान्मारमा गत फेब्रुवरी १ मा सेनाले सत्ता वि’द्रोह गरेपछि आन्दो’लन र अशा’न्ति भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्न अस्थायी अनुमति दिने भएको हो ।
“सै’न्य सत्ता वि’द्रोह र देश भित्र अशा’न्ति मच्चिएकाले देशका धेरै ठाउँमा मानवीय स’ङ्कट पैदा भएको छ, त्यसैले हामीले उनीहरुलाई अमेरिका बस्न अस्थायी अनुमति दिन लागेका छौँ,” गृहमन्त्री अलेजान्द्रो मायोर्कासले भन्नुभयो ।
सरोकारवाला निकायहरुसँग परामर्श गरेर मन्त्रालय सो निर्णयमा पुगेको पनि उहाँले जानकारी दिनुभयो । “म्यान्मारमा भइरहेको आन्दो’लन र अशा’न्तिका कारण कसैले म्यान्मार छोडेर केही समयका लागि अमेरिका आउन चाहन्छन्, वा अमेरिकामा रहेका तर म्यान्मार फर्किन चाहेका छैनन् भने उनीहरुलाई केही समय संरक्षकत्व दिन सकिन्छ,” उहाँले भन्नुभयो ।
यो व्यवस्था मार्च ११ पछि आवतजावत गर्नेहरुलाई लागू हुने निर्णय भएको पनि गृहमन्त्री मायोर्कासले जानकारी दिनुभयो । म्यान्मारमा भएको सै’न्य विद्रो’हप्रति अमेरिका सहित विश्वका धेरै देशहरुले आपत्ति जनाउँदै लोकतान्त्रिक व्यवस्था कायम गर्न आह्वान गरेका छन् ।
डेढ महिनादेखि भइरहेको आन्दो’लनका क्रममा अहिलेसम्म कम्तीमा ६० जनाको मृ’त्यु भएको छ भने एक हजार ८०० भन्दा बढी गिर’फ्तार भएका छन् तर आन्दो’लन जारी छ । – एएनआई