आइतबार २१ जेठ २०८०

काठमाडौं / भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । २९६८ मत गणना हुँदा रेनुले ११०५ मत ल्याएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १००७ मत ल्याएका छन् । जगन्नाथ पौडेलले ३९० मत ल्याएका छन् ।

उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १२२६ मत ल्याएर अग्रता बनाइरहेका छन् । रा प्र पा बाट हिमला गुरुङले ८३० मत प्राप्त गरेकी छन् ।

यो पनि :- पाल्पाको तिनाउ-१ मा एमाले विजयी : बुटवल, १ जेठ / पाल्पाको तिनाउ गाउँपालिकातिनाउ गाउँपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

अध्यक्षमा एमालेका भुवनसिंह चिदी १ हजार १४१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी गठबन्धनका हस्तबहादुर रास्कोटीले ९७९ मत प्राप्त गरे ।

वडा सदस्यमा खुलातर्फ देउबहादुर पुन १ हजार १२१, यमबहादर गाहा १ हजार १२७, महिला खुला सदस्यमा धनकुमारी बगाले १ हजार १३० र दलित महिला सदस्य रुपकुमारी कामी १ हजार १३८ मतसहित विजयी भए । तिनाउ-१ मा २ हजार १५० मत खसेको थियो ।

१८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया