
इटहरी / इटहरी नगरपालिकाको नयाँ मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार मेयर पदमा गठबन्धनबाट मेयरकाे उम्मेद्वारी दिएका हेमकर्ण पाैडेलले अग्रता कायमै राखेका छन् । कांग्रेसका पाैडेलले ११२९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दि एमालेका सुब्बाले ७२४ मत प्राप्त गरेका छन् ।
त्यस्तै गठवन्धन अन्तरगत नेकपा एसबाट उपमेयरका उम्मेद्वार बिस्टले ७५५ मत प्राप्त गरेका छन् भने एमालेकि संगिताले ७९३ मत प्राप्त गर्दै अग्रता कायम गरेकी छिन् । अहिले इटहरी उपमहानगरकाे वडा नं १, २ , १९ र २० काे मतगणना भइरहेकाे छ ।
यो पनि :- सर्लाहीको हरिवन र धन्कौलको दुई वडामा नेपाली कांग्रेस विजयी : सर्लाही / सर्लाहीको हरिवन नगरपालिका र धन्कौल गाउँपालिकामाको दुई वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
जिल्लको हरिवन नगरपालिका–१, मा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका टम बहादुर घिसिङ ११ सय ५ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबहादुर क्याप्छाकीले ६ सय २२ मत मात्र प्राप्त गरे ।
भने, उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र) बाट उम्मेदवार बनेका शिव कुमार महतोले ६ सय ६५ मत मात्र प्राप्त गरे । यससँगै जिल्लामा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा विजयी हुने उम्मेदवारको संख्या ५ पुगेको छ ।