शुक्रबार १९ जेठ २०८०

तेह्रथुम / तेह्रथुम जिल्लाको म्याङलुङ्ग नगरपालिका वार्ड नं. ४ मा एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा विनोद आचार्य विजयी भएका छन् । उनले ५४३ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार तथा पुर्व वडाअध्यक्ष राम बहादुर खड्काले ३४० मत प्राप्त गरे ।

सदस्यहरूमा विष्णु प्रसाद भट्टराई, कृष्ण प्रसाद दाहाल, महिला सदस्यमा रञ्जना श्रेष्ठ, दलित महिला सदस्यमा कोपिला लोहार विजयी भएका छन् । ११ सय ४० मतदाता रहेकोमा ९ सय ९ मत खसेको थियो । जसमध्ये २६ मत बदर भएको थियो ।

यो पनि :- व्यास-८ को दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने : दमौली / तनहुँको व्यास नगरपालिका–८ स्थित दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार गरिएको मतदान प्रक्रिया र’द्द गरी पुनः मतदान गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जेठ ४ गते दुईवटा मतदान केन्द्रमा पुनः मतदान गरिने जानकारी दिनुभयो । उक्त मतदान केन्द्रमा पुनः मतदान भएपछि मात्रै व्यास नगरपालिकाको मतगणना कार्य अगाडि बढाउने आयोगले निर्णय गरेको छ ।

गाविस भवन फेदी मतदान केन्द्रमा व्यास नगरपालिकाका प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कु’टपिट भएको थियो । कु’टपिटबाट घा’इ’ते जोशीको हाल काठमाडौँस्थित फ्रन्टलाइन अ’स्पतालमा उ’प’चार भइरहेको छ ।

४३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया