
चितवन / चितवनको भरतपुर महानगरपालिकामा ९५० मतगणना हुँदा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रेनु दाहालले अग्रता तीव्र पारेकी छन् ।
दाहालले ३७४ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार विजय सुवेदीले ३०४ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले १२४ मत पाएका छन् ।
यो पनि :- इच्छाकामना–१ को अध्यक्षमा माओवादीका सन्तबहादुर राना विजयी : चितवन, ३१ वैशाख : चितवनमा पाँच दलीय गठबन्धनले विजय सुरुवात गरेको छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना–१ को वडाध्यक्षमा गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सन्तबहादुर राना विजयी भएका छन् ।
राना १० मतान्तरले विजयी भएका हुन् । उनले ६३९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका नन्दुलाल गिरीले ६२९ मत ल्याएका हुन् । इच्छाकामना-१ मा एक हजार ३२६ मत खसेको थियो ।
एक हजार ३२६ मत गणना गर्दा गाउँपालिकाको अध्यक्षको उम्मेदवार एमालेका दानबहादुर गुरुङले ६२३ र कांग्रेसकी गीताकुमारी गुरुङले ५८३ मत ल्याएकी छन् । उपाध्यक्षका उम्मेदवार एमालेकी माया सिलवालले ६३० र माओवादी केन्द्रका प्रताप गुरुङले ५९८ मत प्राप्त गरेका छन् ।