शुक्रबार १९ जेठ २०८०

जनकपुर, ३१ बैशाख / जनकपुर उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साह निकै फराकिलो मतान्तरसहित अग्रता लिइरहेका छन् । साहले ९७९ मत गणना हुँदा ३२९ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार १२५ मतका साथसहित दोस्रो स्थानमा छन् ।

उपमेयरतर्फ काँग्रेसका उम्मेदवार किशोरी साहले भने ३८६ मत पाएका छन् । उनलाई एमालेका उम्मेदवारले १४९ मतका साथ पछ्याइरहेका छन् । यसैगरी, उपमेयरमा चित्रसेन अधिकारीले ८४, राप्रपाकी हिमला गुरुङले ५८ मत प्राप्त गरेका छन् । अधिकारी काँग्रेसका उम्मेदवार हुन् ।

यो पनि :- ताप्लेजुङका आठ स्थानीय तहमा मतगणना जारी : ताप्लेजुङ, ३१ बैशाख / शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङ जिल्लाका आठ स्थानीय तहमा मतगणना जारी छ ।

नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका–७ याङमा, गोला घुन्सा र ग्याप्लाको मतदान केन्द्रको मतपेटिका आउन बाँकी रहेकाले त्यहाँको मतगणना बाँकी रहेको त्यहाँकोे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार फुङ्लिङ नगरपालिकासहित आठवटा पालिकाको मतगणना सुरु भएको हो ।

जिल्लाका ८९ हजार ६८० मतदातामध्ये ६४ प्रतिशत अर्थात् ५७ हजार ८९१ मत खसेको थियो । यता मेरिङ्देन गाउँपालिका–६ नाल्बुमा भने नेकपा एमालेका मनोजकुमार तुम्बाहाम्फेसहितको टोलीले बिजयी भएको छ ।

३०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया