आइतबार २१ जेठ २०८०

काठमाडौं, ३१ बैशाख / भरतपुर महानगरपालिकाको सुरुवाती अवस्थामा माओवादी केन्द्रकी मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता कायम गरेकी छिन् । उनलाई एमालेका विजय सुवेदीले पछ्याएका छन् ।

हालसम्म २८ भोटको गणना सम्पन्न भएको छ । जसमा रेनुले १२ भोट र विजयले ११ भोट ल्याएका छन् । उनीहरुबीच जम्मा १ भोटको फरक छ । उता, नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भने १ मत प्राप्त गरेका छन् । भरतपुरमा रेनु सत्तापक्षीय गठबन्धनबाट साझा उम्मेद्धवारको रुपमा उठेकी हुन भने सुवेदी एमाले–राप्रपाको गठबन्धनबाट उठेका हुन् ।

यो पनि :- भीफफेदी १ का वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी : हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका-१ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सोमबहादुर स्याङतान विजयी भएका हुन् ।

उनले नाै सय १० मत प्राप्त गर्दै विजयी बनेका हुन् भने उनका प्रतिस्पर्धी एमालेकी पञ्चमाया स्याङतानले ६ सय ५५ ल्याएकी छन् । वडा नम्बर १ मा एक हजार ६ सय ४१ मत खसेको थियो भने ७२ मत बदर भएको छ ।

४७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया