शुक्रबार १९ जेठ २०८०

चितवन / चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरू भएको छ । मुख्य निर्वाचन अधिकृत कुमारप्रसाद अधिकारीले मतगणना सुरू भएको जानकारी दिए ।

भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेबाट विजय सुवेदी मेयर उम्मेदवार छन् । कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् । यसअघिको चुनावमा भरतपुरमा माओवादीकी दाहाल विजयी भएकी थिइन् ।

यो पनि :- एमालेले ६० प्रतिशत जित्ने स’म्भावना छ : युवराज ज्ञवाली : काठमाडौं, ३१ वैशाख / नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले स्थानीय तहको निर्वाचनको परिणाम २०५४ तिर फर्कने दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भनेका छन्, “नेकपा एमालेले बहुमत स्थानीय तह जित्ने स’म्भावना छ । मत परिणाम अनुसार एमाले २०५४ सालको स्थानीय चुनावको नजिक छ । हामीले त्यतिबेला ६० प्रतिशत जितेका थियौं । अहिले पनि जित्छौं ।”

२०५४ मा त एमालेले गृहमन्त्री बामदेव गौतम भएको मौका छोपेर कब्जा गरेको होइन र भन्ने पत्रकार धमलाको प्रश्नमा ज्ञवालीले भने, “हामीले कब्जा गरेको होइन, कब्जा गर्नेलाई रोकेका हौं ।”

नेता ज्ञवालीले महानगरपालिकामा कांग्रेसले एउटा पनि जित्न नसक्ने दाबी गरे । उनले भने, “गठबन्धनभित्रै अन्तरविरोध छ । कांग्रेसमा पनि बागीको बि’गबिगी छ । उसले कहीं पनि जित्न सक्ने देखिँदैन । बरु एमालेको पहिलेको संख्यामा थपिन्छ ।”

मतदान प्रतिशत घट्नु समीक्षाको विषय भएको पनि उनले औंल्याए । एमाले उपाध्यक्ष ज्ञवालीले भने, “मतदान घट्नु भनेको ग’म्भीर समीक्षाको विषय हो । यो राम्रो संकेत होइन । लोकतन्त्रमा मतदानमा जनताको आकर्षण हुनुपर्छ ।”

३८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया