शुक्रबार १९ जेठ २०८०

प्यूठान / प्यूठान सरुमारानी गाउँपालिका वडा नम्बर ६ को वडाअध्यक्षमा नेकपा एमालेका तिलबहादुर बुढामगर विजयी भएका छन् ।

उनले ६ सय ९५ र उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बोमबहादुर पुनले ४ सय ४३ मत लिएका छन् । उनीहरुबीच मतानतर २ सय ५२ भएको छ । यहाँ एमालेविरुद्ध सबै दल मिलेका थिए ।

यो पनि :- अछामको कमलबजार नगरपालिका- १० मा कांग्रेसका बिष्ट विजयी : अछाम / अछामको कमलबजार नगरपालिका- १० घोडासैनको वडा अध्यक्षमा नेपाली कांग्रेसका भिमबहादुर बिष्ट विजयी भएका छ्न् ।

वडा सदस्यमा एक जना एमालेका उम्मेदवार विजयी भएका छन् भने बाँकी ४ जना कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । बिष्टले ४ सय ६० मत ल्याएर विजयी भएका हुन् । बिष्टका प्रतिद्वन्द्धि नेकपा एमालेका हस्त बिस्टले ३ सय ३८ मत प्राप्त गरेका छन् ।

८२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया