आइतबार ०८ जेठ २०७९

मनाङ / मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षको छिनोफानो गोलाप्रथाबाट भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका कैले गुरुङ विजयी भएका छन् ।

निर्वाचनमा उनको र काँग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाको बराबर ३०–३० मत आएको थियो । त्यसपछि गोलाप्रथा हुँदा कैले गुरुङ विजयी भएका हुन् । गुरुङ यसअघि पनि सोही वडाका अध्यक्ष थिए ।

यो अर्को समाचार :- सुनसरीको भोक्राहा मतदानकेन्द्रमा राइफल पड्किएकोबारे अनुसन्धान हुन्छ : सिडियो यादव
धरान / सुनसरीको एक मतदान केन्द्रमा प्रहरी जवानले बोकेको रा’इफल अचानक प’ड्कि’एकोबारे सुनसरी जिल्लाका सिडियो इन्द्रदेव यादवले यस विषयमा निर्वाचनको मतगणना पछि अ’नु’स’न्धान हुने बताएका छन्।

सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–२ स्थित श्री आधारभूत विद्यालय मतदानस्थलको सुरक्षामा ख’टि’एका प्रहरी जावन विशेष याक्खाले बोकेको इ’न्सास रा’इफल अचानक प’ड्किएपछि हो’हल्ला भई मतदाता बीच भा’गदौड भएको थियो ।

राइफल के कारणले पड्किएको यकिा कारण भन्ने खुलेको छैन प्रहरीले लगाएको बेल्टमा रा’इफल ब’टम अ’ड्किएर रा’इफल प’ड्किएको सुनसरी जिल्लाका एसपी संजय सिंह थापा बताउँछन् ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीले आफूलाई थाहा नभएको जनाएको छ । घ’टनाले मतदान प्रक्रियामा असर नगरेकाले मतदान प्रक्रिया जारी रहेको थियो ।

राइफल प’ड्किएपछि मत हाल्न लाइनमा बसेका मतदाताबीच भा’गदौड म’च्चिएको थियो । मतदानस्थलमा सुरक्षाका लागि ख’टिएका प्रहरीले बोकेको रा’इफल प’ड्किए पनि घ’टनामा कुनै मानवीय तथा भौतिक क्ष’ति नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मतदान प्रक्रिया जारी भएपनि मतदाताहरु त्र’सित बनेको र मतदाताले आफूले यही मान्छेलाई भोट हाल्छु भनेर जादा प्रहरीलाई देखेपछि ड’र त्रा’सको वातावरण भएको स्रोतको भनाई छ ।

८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया