सोमबार १५ जेठ २०८०

काठमाडौं / मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेले जीत हात पारेको छ । आज राति भएको मतगणनाबाट गाउँपालिका अध्यक्षामा एमालेका लोकेन्द्र बहादुर घलेलाई जीत घोषणा गरिएको हो ।

उनी चामे गाउँपालिकाको अध्यक्षम दोस्रो पटक फेरि निर्वाचित भएका हुन् । उनी ३२० प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाएका छन् ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छिन् । उपाध्यक्षकी एमाले उम्मेदवार आशाकुमारी गुरूङले २७४ मत मात्रै प्राप्त गरेकी छन् ।

यो अर्को थप समाचार :- गुल्मीको रेसुङ्गा नगरपालिकामा पनि थालियो मतगणना कार्य : गुल्मी / गुल्मीको रेसुङ्गा नगरपालिकाको मतगणना कार्य थालिएको छ । सर्वदलीय बैठकमार्फत सहमति भएपछि शुक्रबार राति करिब साढे ११ बजेबाट मतगणना कार्य थालिएको हो ।

गुल्मीको अन्य पालिकाहरुमा भने मतगणना आरम्भ भइसकेको छैन । केहीबेरपछि सर्वदलीय बैठक बसेर अन्य पालिकहरुमा पनि मतगणना थालिने जनाइएको छ ।

३८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया