
काठमाडौं / नेपाली काँग्रेसले पालिका अध्यक्षको लागि आफ्नो जीत दर्ता गरेको छ । स्थानीय तह २०७९ सालको निर्वाचनमा काँग्रेसको तर्फबाट मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षबाट जीत सुरुवात गरेको हो ।
नार्पाभूमि अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामाले विजयी प्राप्त गरेका हुन् । लामा गाउँपालिका भरबाट १५८ मत ल्याएर विजयी भएका हुन् ।
शुक्रबार राति सम्पन्न मतगणनामा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत प्राप्त गरेका छन् । यस गाउँपालिकामा जम्मा ४ सय ८४ मतदाता रहेका थिए । तर निर्वाचनमा जम्मा ३०४ मत मात्रै खसेको थियो ।
यो पनि :- इलाममा १११ वर्षीय वृद्धाद्वारा मतदान : इलाम, ३० बैशाख / इलाम जिल्लाको सूर्योदय नगरपालिका–१४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १११ वर्षीया जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गरेका छन्।
उत्तिकै उत्साहका साथ यस पटक उनले आठौँ पटक मतदान गर्न पाउँदा स्थानीय तहको भविष्य कोर्ने भएकाले आफूले चाहेको उम्मेदवारलाई मतदान गरेको बताए । उक्त केन्द्रमा कूल तीन हजार ३९ मतदातामध्ये एक हजार ४४२ महिला र एक हजार ५९७ पुरुष मतदाता रहेको बताइएको छ ।