
रौतहट / रौतहटको यमुनामाई गाउँपालिका–२, भिडियाही मत केन्द्रमा शुक्रबार स्थानीय तह निर्वाचनको मतदान सकिएपछि लु’टि’एको मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याएको छ ।
मतदान सकिएपछि वि’वाद चुलिएको क्रममा स्थानीयले मतपेटिका काँधमा राखेर भा’गे’को बताइएको छ । मतपेटिका बोेकेर स्थानीय दगुरेको सूचना पाइएलगत्तै सुरक्षाकर्मी उनीहरुको पछि लागेर मतपेटिका फिर्ता ल्याएको हो ।
वि’वा’दकै शिलशिलामा मतपेटिका लु’टि’एको भनिए पनि त्यहाँ धेरै नै फितलो सुरक्षा व्यवस्थाका कारण सुरक्षाकर्मीको आँखा अगाडिबाटै मतपेटिका लु’टि’एको भन्ने आरोप लागेको छ ।
बिहान ७ बजेदेखि उत्साहपूर्वक मतदान भएर ५ बजे मतदान समय सकिएको थियो । तर मतदान सकिएपछि एकाएक मतपेटिका लु’टि’एको विषयमा रौतहटका एसपी विनोद घिमिरेलाई स्पष्टीकरण सोधिएको जानकारी आएको छ ।
यो पनि :- काठमाडौं महानगरको मतपेटिका राष्ट्रियसभामा जम्मा गरिँदै
काठमाडौं / स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ ।
निर्वाचन आयोगले साँझ ५ बजे नै मतदानको समय सीमा सकिने बताएको थियो । जसअनुसार मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो ।
काठमाडौं महानगरपालिकाको मत गणना कार्य आज ८ बजेबाट शुरु गरिने निर्वाचन आयोगले जनाएको छ । अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थल तर्फ लैजाने क्रम चलिरहेको छ ।