सोमबार ०९ जेठ २०७९

गोरखा / रञ्चोक मतदानकेन्द्रको मतपेटिका बोकेर गइरहेको गाडी कांग्रेस कार्यकर्ताले हुँडीखोलामा अ’व’रुद्ध गरेका छन् । मतपेटिका बोकेको गाडीबाट कांग्रेसको एजेण्ट झा’रेर सो गाडीमा अर्को मतपेटिका हालेपछि साँटिएको आ’शं’का भएको कांग्रेस कार्यकर्ता लक्ष्मण न्यौपानेले बताए।

‘कांग्रेसको एजेण्ट गाडीबाट किन झा’रियो, बीच बाटोमा पुगेपछि सो गाडीको मटपेटिका झा’रेर अर्को मतपेटिका सो गाडीमा किन हालियो ? त्यसैले हामीलाई शं’का छ। कुरा स्पष्ट हुनुपर्छ’, उनले भने, ‘सतप्रतिशत मतपेटिका साँटिएको छ। होइन भनेर हामीलाई विश्वस्त नपारेसम्म हामी गाडी अगाडि बढ्न दिँदैनौँ।’

यो पनि :- छायानाथ रारा नगरपालिकाका मतपेटिका संकलन हुँदै :
मुगु / मुगुको छायानाथ रारा नगरपालिकामा मतदान सकिएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचन सकिएको हो । निर्वाचन सकिएसँगै मतपेटिका संकलन भइरहेको छ । १४ वडा रहेको नगरपालिकामा नजिकका मतदान केन्द्रका बुथबाट संकलन भइसकेका छन् ।

टाढा रहेका मतदान केन्द्रबाट ल्याउने क्रम जारी रहेको बताइएको छ । मतगणनाको लागि सबै मत पेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना कार्यलाई अगाडी बढाइने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

टाढा रहेका मतदान केन्द्रबाट ल्याउने क्रम जारी रहेको बताइएको छ । मतगणनाको लागि सबै मत पेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना कार्यलाई अगाडी बढाइने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

उनका अनुसार बाममा रहेको मतदान केन्द्रको मत पेटिका आइपुगेको छैन । जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुनेछ । मतगणनाका लागि तारजाली लगाइएको छ भने सिसिटिभी पनि जडान गरिएको छ ।

७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया