शुक्रबार १९ जेठ २०८०

बैतडी, ३० वैशाख / बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । पाटन नगरपालिका-४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन् ।

मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको उद्घाटन गरेको उनका छोरासमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । देशमा बलियो व्यवस्था होस्, गाउँठाउँको विकास होस् र सबैले सुख पाऊन् भनेर मतदान गरेको भट्टले बताइन् ।

बैतडीमा ४४० जनप्रतिनिधि छान्‍नका लागि मतदान भइरहेको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ ।

यो पनि :- अछामका दुई ठाउँमा मतदान स्थगित : अछाम / अछामका दुई ठाउँमा मतदान स्थगित भएको छ । पञ्चदेवल विनायक नगरपालिका-५ लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारबीच झ’ड’प भएपछि मतदान स्थगित भएको हो ।

लयाटीमा भएको झडपमा मतपेटिका तो’डफोड गरेर मतपत्र च्या’तिएका छन् भने चारजना घा’इ’ते भएका छन् । यस्तै साँफेबगर नगरपालिका- १३ बाब्लामा पनि मतदान स्थगित भएको छ ।

कांग्रेस-नेकपा एकीकृत समाजवादी गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच वि’वा’द भएको हो । मतदान सञ्चालन गर्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

३५० पटक हेरिएको

तपाईको प्रतिक्रिया