सोमबार १५ जेठ २०८०

काठमाडौं, ३० बैशाख / नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले स्थानीय तहको निर्वाचनमा प्रचण्डले हार स्विकार गरिसकेको टि’प्पणी गरेका छन् ।

बादलले चितवनमा मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै यस्तो टिप्पणी गरेका हुृन् । उनले स्थानीय तह निर्वाचनमा एमालेको विजयी सुनिश्चित् भैसकेको पनि दा’बी गरेका छन् ।

बादलले भने,‘प्रचण्डले आफ्नो हार स्वीकार गरिसकेका छन् । त्यसैले सूर्य विजय हुन्छ भन्ने कुरा त अस्तिको भरतपुरको सभाबाट स्पष्ट भइसकेको छ ।’

यसअघि मतदान गरेपछि मिडियासँगको कुराकानीमा प्रचण्डले निर्वाचनमा हार÷जितलाई स्वाभाविक रूपमा लिनुपर्ने भन्ने अभिव्यक्ति दिएका थिए । बादलले दाहालको उक्त अभिव्यक्तिलाई पनि हार स्विकार गरेकोसँग जोडेर टि’प्पणी गरेका छन् ।

उनले भने–‘बिहान पनि उहाँले स्वीकार गरिसक्नुभएको छ । मतदानमा हार जित स्वाभाविक रूपमा लिनुपर्छ भन्नुको अर्थ त्यही हो ।’ बादल नेकपा वि’वा’द भएपछि माओवादी नफर्किएर एमालेमै लागेका थिए ।

७२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया