बुधबार २४ जेठ २०८०

सर्लाही / सर्लाहीको बलरामा मतदान अधिकृतलाई प्रहरीले नि’य’न्त्रणमा लिएको छ । बलरा नगरपालिका–३ स्थित मतदान केन्द्रमा ख’टि’एका मतदान अधिकृत राज किशोर साहलाई अ’मू’क पार्टीको चुनाव चिन्हमा मतदान गर्न सिकाएको भन्दै प्रहरीले प’क्रा’उ गरेको हो ।

पुरानो गाविस भवन मतदान केन्द्रमा ख’टिएका साहले मतदातालाई मतदान गर्न सिकाएको प्रहरीको भनाई छ । उक्त स्थानमा स’र्वपक्षीय छलफल गरेर वि’वा’द समाधान गर्ने र पुनः मतदान सुरु गर्ने प्रयास भईरहेको मुख्य अधिकृतको कार्यलय सर्लाहीले जनाएको हो । प’क्रा’उ परेका मतदान अधिकृत साहलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ भने उक्त स्थानमा मतदान नै स्थगित भएको छ ।

यो पनि :- कालिकोटको एक मतदानस्थलमा वि’वा’द, मतदान स्थगित : कालिकोटको पचालझरना गाउँपालिका–१ को खयरकोटमा रहेको कालिका मावि मतदान केन्द्रमा राजनीतिक दलहरूबीच वि’वाद हुँदा मतदान स्थगित गरिएको छ । मतदानका विषयमा माओवादी केन्द्रका कार्यकर्ता र कांग्रेसका कार्यकर्ताबीच वि’वाद हुँदा मतदान स्थगित गरिएको हो ।

मतदान केन्द्रमा ५८८ मतमध्ये ३१६ मत ख’सेपछि वि’वा’द भएको मतदान केन्द्रका मतदान अधिकृत रचना गुरुङले बताइन् । अहिले पुनः मतदानका विषयमा राजनीतिक दलहरूसँग छ’लफल भइरहेको उनले जानकारी दिइन् ।

जिल्लाका अन्य मतदान केन्द्रमा भने शान्तिपूर्ण तरिकाले निर्वाचन भइरहेको र दिउँसो साढे १२ बजेसम्म ४० प्रतिशत मत ख’सेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिएका छन् ।

५३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया