मंगलबार १६ आश्विन २०८०

काठमाडौं/ नेकपा एमालेको खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको आज शनिबार बसेकाे बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो ।

नेता भीम रावलका अनुसार केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई भेलामा बोलाइएको हो ।

त्यस्तै, आजको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एक’लौटी निर्णयहरु अमा’न्य र अस्वी’कार्य भएको पनि जनाएको छ ।

१०४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया