
चितवन / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बहालवाला तीन मन्त्रीविरुद्ध निर्वाचन आचार संहिता–०७८ उ’ल्लंघन गरेको उ’जु’री दर्ता भएको छ । उनीहरूविरुद्ध भरतपुर महानगरपालिका–१२ का अश्विन घिमिरेले आज मुख्यनिर्वाचन अधिकृतको कार्यालय भरतपुरमा लिखित उ’जु’री दिएका हुन् ।
महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजागर मन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठविरुद्ध पनि उजुरी परेको छ । मौन अवधिमा निर्वाचन आ’चारसंहिताको उ’ल्लघंन गर्दै प्रचण्ड मतदाता प्र’भावित गर्न सक्रिय बनेका छन् ।
बुधबार स्थलमार्ग हुँदै भरतपुर आइपुगेका प्रचण्ड आफ्नो छोरी रेणु दाहालको निवासमा राति अबेरसम्म बसेर नेताकार्यकर्ताहरूलाई भेटेका थिए । आज विहीबार अध्यक्ष प्रचण्ड मतदाता प्रभावित चितवनको माडी पुगेका छन् । माडीमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता श्रषिराम काफ्लेले मेयर पदमा उम्मेदवारी दिएका छन् ।
भोलि हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरु गृह जिल्ला चितवन आइसकेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र रामबहादुर थापा गृह जिल्ला चितवन आएका छन् ।
प्रचण्ड बुधबार चितवन आएका हुन् । उनी गृह जिल्ला चितवन मतदानका दिनसम्म बस्ने कार्यक्रम रहेको छ । उनको मतदान स्थल भरतपुर महानगरपालिका–१४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुर रहेको छ । सो मतदान स्थल उनीलगायत एक हजार ६७८ जना मतदाता छन् । यस्तै एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ स्थित भण्डाराबाट मतदान गर्दै छन् ।
उनले भण्डारा अस्पताल मतदान स्थलबाट मतदान गर्दै छन् । सो मतदान स्थलमा तीन हजार ६५ मतदाता छन् । यस्तै एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापाले भरतपुर महानगरपालिका–१० बाट मतदान गर्दै छन् । उनले स्थानीय नारायणी नमूना माध्यमिक विद्यालयबाट मतदान गर्नेछन् । केदार शर्मा / न्यूज 24 नेपाल बाट ।