
काठमाडौं / मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी आफ्नो चरित्र ह’त्या गर्न नेकपा (एमाले)का नेताहरुले पैसा बाँडेको आ’रोप लगाएका छन् ।
विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले जनकपुरमा मतदातालाई पैसा बाँडेर नेकपा (एमाले) का नेता रघुवीर महासेठ र जुली महतोले आफ्नो चरित्र ह’त्या गर्न खोजेको बताएका हुन् ।
अध्यक्ष अन्सारीमाथि मतदातालाई प्र’भा’वित पार्न जनकपुरमा पैसा बाँडेको आ’रोप लागेको थियो । उनले विहान ११ बजेको समयमा केही हुल गु’ण्डाहरु आएर आफूमाथि ह’म’ला गर्ने प्रयास गरेको पनि बताए । उनले आफ्नो चरित्र ह’त्या गर्न खोज्नेहरुमाथि छा’नबिन गरी का’रबाहीको मा’ग गरेका छन् ।
अध्यक्ष अन्सारीले भनेका छन्, ‘मंगलबार राति ११ बजे म जनकपुर पुगेको थिएँ । हिजो बिहान लुरी बर्काती मदरसामा इदको शुभकामना आदान प्रदानका लागि म जनकपुर गएको थिएँ । कार्यक्रम हिजो सकिएपछि आज मेरो साढे १२ बजेको फ्लाइटबाट फर्किने कार्यक्रम थियो ।
त्यहीअनुरूप बिहान ११ बजेको समयमा केही १५÷२० जना गु’ण्डाहरू म बसेको होटलमा प्रवेश गरेर ए’क्का’सि ह’म’ला गर्ने प्रयास गर्नुभयो । ना’राबाजी गर्दै उम्मेदवारहरूलाई पैसा बाँडिरहेको छ भनेर ग’लत आ’रोप लगाउनुभयो ।’
उनले थपे, ‘यतिसम्म कि यहाँ करोडौँ रुपैयाँ बाँडिरहेको छ भनेर आ’रोप लगाउनुभयो । जुन आ’रोप अत्य’न्तै ग’ल’त हो । अत्य’न्तै ग’म्भीर भएर दुः’ख व्यक्त गर्दछु । म हिजो एमाले पार्टीमा आवद्ध थिएँ । एमाले पार्टीकै सिफारिसअनुसार आयोगको प्रमुख बनेको हुँ । सिफारिस गरेपछि मैले पार्टीबाट सदस्यता परित्याग गरेर साधारण सदस्यसमेत नरहने गरी प्रमुखको सपथ लिएको थिएँ ।
आज जुन व्यक्तिहरू आउनुभएको थियो । बडो दुः’खका साथ भन्नुपर्छ । एमालेका नगर कमिटीका सुरेन्द्र भण्डारीको नेतृत्वमा त्यहाँ टिम आएको थियो । र, पठाउने त्यहाँका नेता जुली महतो र रघुवीर महासेठ थिए ।’
उनले फेरि भने, ‘उहाँहरूले त्यहाँ गएर ना’राबाजी गर्दै उसको ब’द’नाम गराउ भनेर पठाएका थिए । अहिले सुरेन्द्र भण्डारी भन्ने व्यक्ति प’क्रा’उ पनि परेका छन् । यदि मैले ग’लत क्रियाकलाप गरेको हो भने कांग्रेस, माओवादी केन्द्र वा मधेसी दलका नेता कार्यकर्ताले मलाई घे’राउ गर्नुपथ्र्यो । मलाई त्यो आ’रो’प लगाउनुपर्थ्यो ।
तर, यहाँ म जुन पार्टीबाट प्रमुखका लागि सिफारिस भएको थिएँ, त्यही पार्टीका सीमित नेता तथा कार्यकर्ताले ममाथि यस्तो आ’रोप लगाए । यो सबै नेताको इसारामा मेरो चरित्र ह’त्या गर्ने काम भएको छ । यसमा दो’षीमाथि छा’नबिन गर्दै का’रबाही गर्न मा’ग गर्दछु ।’
त्यस्तै अध्यक्ष अन्सारीले आफ्नो चरित्र ह’त्या गर्ने लक्ष्य राखेर एमालेका नेताहरुले त्यहाँ अ’ना’वश्यक रुपमा विभिन्न किसिमको फ’ण्डा मच्चाएको बताएका छन् ।