सोमबार ०३ माघ २०७८

सुनसरी/ नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले माधवकुमार नेपाल प्रचण्डको दूत बनेर एमालेमा आएको आरोप लगाएका छन् ।

राष्ट्रिय युवा संघ जिल्ला कमिटी सुनसरीको शपथ ग्रहण तथा अगुवा कार्यकर्ता भेलामा बोल्दै बस्नेतले माधव नेपाल प्रचण्डको मिसन पूरा गर्न एमालेमा आएकाले सजिलै विश्वास गर्न नसकिने बताएका हुन् ।

प्रचण्डले बुटवलमा ‘माधवजीले कि पार्टी एमाले कब्जा गर्नु हुन्छ, कि धेरै सदस्य लिएर यतै आउनु हुन्छ’ भन्दा पनि खण्डन नगर्नुले माधव नेपालको निय’तमाथि झन् शं’का थपिएको उनको भनाइ छ ।

उनले माधव नेपाल पक्षले बनाएको समा’नान्तर कमिटीलाई सहजै ‘फे’स गर्ने’ पनि बताएका छन् । प्रचण्ड र माधव नेपालले संयुक्त रुपमा बनाएको समा’नान्तर कमिटी पनि सा’मना गरेको भन्दै बस्नेतले माधव नेपाल पक्षले मात्रै बनाएको कमिटी साम’ना गर्न कठिन नहुने त’र्क गरेका हुन् ।

७८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया