
काठमाडौ / महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) र बिबी फाउन्डेसनले एक करोड रुपैयाको पुरस्कार दिने भएको छ ।
नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरूप सो पुरस्कार घोषणा संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्त रूपमा एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गरिएको हो।
बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले एनआरएनको १०औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन्। आइतवार देखि काठमाडौमा सम्मेलन सुरु भएको हो ।
सम्मेलनको उद्घाटनमा राष्ट्रपति विद्या देवी भण्डारीलाई बोलाइएको थियो ।‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुईदुई वर्षमा प्रदान गरिने आयोजकले जनाएको छ ।
गैरअवासीय नेपाली संघको अभिभावकत्वमा पुरस्कारको कार्यविधि बनाएर बिबी फाउण्डेसनले नेपाल तथा नेपालीका लागि योगदान गर्ने नेपाली वा गैरआवासीय नेपाली व्यक्ति वा संस्थालाई गैरआवासीय नेपाली संघको सम्मेलनको अवसरमा प्रदान गरिने बिबी फाउण्डेसनले जनाएको छ ।