आइतबार ०७ कार्तिक २०७८

काठमाठौं/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताहरुलाई प’द’च्यु’त गर्दै कमिटीहरु विस्तार गरेपछि माधव नेपाल पक्षले त्यसलाई का’उ’न्ट’र गर्दै समा’ना’न्तर कमिटी विस्तार गरेको छ

जसअनुसार प्रदेश १ को संयोजकको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ ।

त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।

शुक्रबार मात्र बालुवाटारमा बसेको एमाले केपी ओली समूहको बैठकले माओवादी नेतालाई प्रदेशको जिम्मेवारी दिएपछि नेपाल समूहले शनिबार यस्तो निर्णय गरेको हो ।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओली प्रवृत्ति वि’रुद्ध निरन्तर ल’डिने भन्दै उनको क्रियाकलापले अलिकति पनि विचलित नहुने बताएका छन् । शनिबार आफू निकटको केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै उनले अहिलेको अवस्था देखिएर कसैलाई पनि निराश नहुन आग्रह गरे ।

‘हामी आत्ति’एका छैनौँ, आ’त्तिनु पनि हुन्न। अहिले अवस्था देखेर साथीहरूमा नि’राशा होला, हिम्मतका साथबाट अगाडि बढनुपर्छ’, नेपालले भने, ‘जनताको अपेक्षा र विश्वास छ। सैद्धान्तिक सोच र धारणाबाट हामी अगाडि बढ्नुपर्छ।’

उनले कसरी कम्युनिस्ट पार्टीलाई बलियो बनाउने भन्ने हिसाबले अघि बढ्नुपर्नेमा पनि जोड दिए । ‘कसरी आन्दो’लन अगाडि बढाउने भन्ने विषयमा चिन्तन मनन गरेर अगाडि बढनुपर्छ। कसरी कम्युनिस्ट पार्टीलाई बलियो बनाउने भन्ने हिसाबले अगाडि बढनुपर्छ’, उनले भने, ‘ग’लत प्रवृत्तिका विरु’द्ध एकजुट हुने बेला हो । हामी विच’लित भएर हिँड्ने होइन।’

३८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया