
पछिल्लो समय धेरैजसाे अभिभावकको चि’न्ताको विषय हुने गरेको छ आफ्ना बालबालिकाले धेरै समय मोबाइल चलाउने । बालबालिकालाई मोबाइलमा बानी बसाल्ने भूमिका अभिभावकले नै खेलेका हुन्छन् ।
सुरुमा अभिभावकले नै बालबालिकालाई फकाउन तथा खुशी बनाउने नाममा मोबाइल चलाउन दिएका हुन्छन् । तर पछि त्यही बानी समस्या बन्न जान्छ । सानै उमेरमा बालबालिका मोबाइल देखेर खुशी भए तथा दं’ग परेर भनेर चलाउनु दिनु घा’त’क हुनसक्छ ।
बालबालिकाका कलिला आँखा मोबाइलको स्क्रीनले छिट्टै बि’गा’र्नुका साथै बालबालिकाले धेरै समय मोबाइलमा निहुरिएर हेर्दा ग’र्दन तथा ढाडको ह’ड्डीमा समेत स’मस्या आउँछ । मोबाइलमा एकोहोरो भइरहँदा बालबालिकालाई मा’नसिक रुपमा पनि अ’स’र पर्नसक्ने भएकाले अभिभावकहरू त्यसतर्फ सचेत हुनु जरुरी छ । यसका साथै स्वास्थ्यमा अन्य समस्या पनि निम्तिने गर्छ । त्यसकारण बालबालिकालाई मोबाइलबाट टाढा राख्ने उपाय अपनाउन जरुरी हुन्छ ।
बालबालिकालाई मोबाइलको लतबाट टाढा राख्न साथीहरूसँग खेल्न प्रेरित गर्नेे, पार्कतिर घुम्न लैजाने, मोबाइल चलाउन निश्चित समय निर्धारण गर्ने, मोबाइलका बेफाइदाका बारेमा भन्ने, कुराकानी गर्ने, सधै नजिक रहने प्रयास गर्नुपर्छ ।
यसरी राख्न सकिन्छ बालबालिकालाई मोबाइलबाट टाढा :
– बाहिर खेल्ने बानी बसाउने
– मोबाइल कम दिने
– बालबालिकासँग कुराकानी गरिरहनु
– मोबाइलमा पासवर्ड राख्नु
– बालबालिकालाई प्रकृतिप्रेमी बनाउने अर्थात केही समय टहलाउन लैजाने
– बालबालिकासँग प्रायः नजिक रहने
– मोबाइल चलाउँदा हुने बेफाइदाका बारेमा भन्ने
– रचनात्मक कामका लागि प्रेरित गर्ने
– अन्य मनोरञ्जनका साधन प्रयोग गर्ने
– घरमा रहँदा पनि मोबाइलभन्दा अन्य खेल तथा क्रियाकलापमा ब्यस्त बनाउने । – स्वास्थ्य खबर पत्रिका बाट ।