बुधबार २४ जेठ २०८०

काठमाडौं / जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न सम्बन्धित सबैलाई स’चे’त गराएका छन् ।

बंगालको खाडीमा बैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आइतबारको दिन समुन्द्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्व तयारी गर्न विज्ञहरुले सुझाएका हुन् ।

पछिल्लो विकसित प्रणालीबारे न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायुविद् डाक्टर धर्मराज उप्रेतीले आसानी नाम दिइएको यस आँधी निकै तीब्र गतिमा चलेको बताए । सो आँधीको अ’स’र भारतको उडिसालगायत तटीय क्षेत्रमा बढी देखिने र नेपालमा भने बैशाख २८ गतेदेखि प्र’भाव देखिने उनले बताए ।

बैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन वर्षा हुने पुर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उनले बताए । उनले भने, ‘२५ गतेदेखि बंगालको खाँडीमा न्यून चापीय अवस्था समुद्री आँधिको रुपमा विकसित भएको छ ।

यो न्यून चापीय अवस्था बैशाख २२ गतेदेखि उत्पन्न भएको थियो । न्यून चापीय अवस्था विकसित हुँदैगर्दा आजदेखि त्यसले समुद्री आँधिको रुप लिएको छ । जसलाई भारतको मौसम विज्ञान विभागले आसानी समुद्री आँधीको नाम दिएको छ ।’

उनले थपे, ‘त्यो समुद्री आँधीको प्रभाव नेपालको पूर्वीय भागमा खास गरेर बैशाखको २७ गते रातिदेखि २८, २९, ३० मा अलि बढी देखिने स’म्भा’वना अहिलेसम्मको आँकलनबाट देखिएको छ । उसैपनि बैशाखको अन्तिम र जेठको पहिलो, दोस्रो सातासम्म बढी पानि पर्ने अवस्था थियो ।

अहिले नयाँ प्रणालीले गर्दाखेरी हाम्रो चुनावको मुखमा पानी पर्ने र चुनावको मुखमा पानी पर्दाखेरी त्यसले मतदान प्रक्रियामा पनि केही अ’स’र गर्नसक्ने भएको हुनाले पहिलादेखि नै पूर्वतयारी गर्नुपर्छ होला भन्ने एउटा सुझाव ।’

उनले फेरि भने, ‘दोस्रो, मत पेटिकाको सुरक्षा या मतदान गर्ने केन्द्रमा पनि पानी पर्छ भन्ने हिसाबले, नपर्न पनि सक्छ, कुनै ठाउँमा पर्ने, कुनै ठाउँमा नपर्ने खण्डवृष्टि पनि हुन सक्छ । त्यसले गर्दा हामीले तयारी अवस्थामा बस्नुपर्ने आवश्यकता छ ।

पानीमा मतदान गर्न जाँदा मतदाताहरु पनि भिज्न सक्ने अवस्था हुनसक्छ । मतपत्र पनि भिज्न सक्ने अवस्था हुनसक्छ । यसलाई समेत सुरक्षाको दृष्टिकोणबाट पूर्वतयारी गर्न आवश्यक छ भनेर मैले सुझाव दिन सक्छु ।’

जलवायुविद् डा. उप्रेतीले निर्वाचनको दिनमा पानी पर्ने स’म्भा’वनालाई मध्यनजर गर्दै मतपत्र, मतपेटिका लगायतका सामग्रीहरुको सुरक्षामा अगाडि देखि नै विशेष ध्यान दिन पनि सुझाव दिएका छन् । न्युज 24 नेपाल बाट, तस्वीर :- सांकेतिक ।

७३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया