आइतबार २१ जेठ २०८०

वीरगञ्ज, २५ बैशाख / सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सर्लाहीका दुई जना उम्मेदवारहरु बिरामी परेका छन् ।

हरिवन नगरपालिका–११ का वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका दुई जनालाई उ’प’चारका लागि वीरगञ्ज पठाइएको हो । उनीहरु १ बजेतिर मिठाई खाएपछि बि’रामी परेका थिए । मिठाईमा के थियो त्यसको बारेमा प्रह’रीले अनु’स’न्धान गरिरहेको प्रह’रीले जनाएको छ ।

यो पनि :- निर्वाचनका दिन खोप सञ्चालन नहुने :
काठमाडौँ,२५ वैशाख / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा को’रो’ना भा’इरसविरुद्धको खोप अभियान नहुने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन गर्न क’ठि’नाइ पर्ने भएकाले उक्त दिन खोप कार्यक्रम स्थगित गरिएको बताए ।

यसअघि मन्त्रालयले मतदान केन्द्रमा नै खोप केन्द्र सञ्चालन गर्ने तयारी गरेको थियो । “निर्वाचन सम्पन्न गर्न मतदानस्थलमा स्वास्थ्यकर्मीसमेत परिचालन हुने र स्वास्थ्यकर्मीले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान कार्यक्रम सञ्चालन हुन क’ठि’नाइ भएकाले सो दिन खोप सञ्चालन नहुने जानकारी गराइन्छ”, उनले भने ।

उनले निर्वाचन अघि र पछिका दिनमा खोप केन्द्रमा नियमित खोप अभियान सञ्चालन हुने भएकाले सबैलाई सकेसम्म को’भिड–१९ वि’रु’द्धको खोप लगाउन अ’नु’रोध गरिएको छ ।

छिमेकी मुलुकमा पछिल्ला दिनमा स’ङ्क्र’मण बढ्दै जाँदा नेपालमा पनि जो’खिम बढ्ने स’म्भा’वना भएकाले स’र्त’क रहँदै जनस्वास्थ्यका मा’पदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ । रासस

४७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया