शनिबार ३० आश्विन २०७८

मुम्बई/ बउिलडका सुपरस्टार सलमान खानको मोस्ट अवेटेड फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’को रिलिज मिति घोषणा गरिएको छ । प्रभु देवाद्वारा निर्देशित एक्शन–ड्रामा ‘राधेः योर मोस्ट वान्टेड भाई’ २०२१ को बहुप्रतिक्षित फिल्ममध्येकै एक हो ।

सुपरस्टार सलमान खान र रणद्दीप हुड्डाले फिल्मको नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् । सुपरस्टार सलमान खानका अनुसार ‘राधेः योर मोस्ट वान्टेड भाई’ आगामी ईद पर्वको अवसरमा दर्शकमाझ रिलिजमा आउने भएको छ ।

उनले पोष्टर सेयर गर्दै लेखेका छन्, ‘ईदको कमिटमेन्ट थियो । ईदमै आउनेछ, किनभने जे मैले बोलेँ ।’ अब दुई महिनापछि मे १३ मा सलमान खानको ‘राधे’ दर्शकमाझ रिलिजमा आउने भएको छ ।

त्यस्तै, अर्का अभिनेता रणद्दीप हुड्डाले पनि पोष्टर सयर गर्दै लेखेका छन्, ‘यो ईद, राधेको साथमा भेट्नेछौं ।’ यो फिल्ममा अभिनेता सलमान खानको साथमा दिशा पटानी, रणद्दीप हुड्डा र ज्याकी श्रफ पनि मुख्य भूमिकामा देखिदैछन् ।

३३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया