
सोलुखुम्बु / नेकपा (एमाले)ले सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा वितरण गर्न लागेको ५० थान प्लास्टिकको कुर्सी प्रहरीले नियन्त्रणमा लिएको छ । निर्वाचन आचारसंहिता उल्लं’घन गर्दै वितरण गर्न लागिएको कुर्सी प्रहरी चौकी वाकुले नियन्त्रणमा लिएको हो ।
गाउँपालिकाको वडा नं. ६ मा कुर्सी वितरण गर्न लागिएको थाहा पाएपछि गठबन्धनका कार्यकर्ताहरुले प्रहरीलाई खबर गरेका थिए । खबर गरेलगत्तै प्रहरीले कुर्ची नियन्त्रणमा लिएको गठबन्धनका कार्यकर्ताहरुले जानकारी गराए ।
निर्वाचन परिणामलाई प्रभावित पार्न आचारसंहिता वि’परित कुर्सी वितरण गर्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला सदरमुकाम सल्लेरीबाट ल्याई वाकुको दिम्कुमा राखिएको अवस्थामा कुर्सी नियन्त्रण गरिएको र निर्वाचनपश्चात मात्रै उक्त कुर्सी वितरण गर्न मिल्ने वाकु प्रहरी चौकीका इन्चार्ज मनोज कुमार यादवले बताए ।
वाकुको कुनै पनि पसलमा कसैले पनि कुर्सीको व्यापार नराखेको र ए’क्का’सी ठूलो परिमाणमा कुर्सीहरु देखेपछि गठबन्धनका कार्यकर्ताहरुमा शं’का उत्पन्न भएको र प्रहरीलाई खबर गरेको गठबन्धनका कार्यकर्ताहरुले जानकारी दिए । गाउँलेहरुलाई बोलाई कुर्सी वितरण गर्नै लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।