सोमबार ०९ जेठ २०७९

वीरगञ्ज / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३० वैशाखको स्थानीय तह निर्वाचनमा मतदान गर्दा सोचविचार गर्न मतदातालाई आग्रह गरेका छन् । पर्साको वीरगञ्जमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले एक भोटले आफ्नो भाग्य र भविष्य निर्धारण गर्ने बताए ।

भोट ख्याल ख्याल दिने, एक छाकमा, एक ट्वाकमा दिने चिज हैन, एक लिटर पेट्रोल, फुल ट्याङ्की तेलमा दिने हैन । तपाईंको भाग्य र भविष्य निर्माण गर्ने सुअवसर हो । त्यसकारण हजार पटक विचार गरेर दिनुपर्छ’ उनले भने ।

भोट दिनु भनेको आफ्नो हात का’टेर दिनुसरह भएको लिङ्देनले टि’प्पणी गरेका छन् । ‘हात का’टेर दिने हो भोट दिने भन्ने कुरा, तपाईंले आफ्नो हात का’टेर कसैलाई दिनुपर्ने भयो र दिने हो भने त तपाईले जस्तै काम गर्ने, तपाईलाई अ’प्ठेरो पर्दा काम दिनेलाई हातको जिम्मा दिनुपर्छ नि’ उनले भने ।

निर्वाचनबाट योग्य मानिस चुन्दा बिहारमा जस्तै परिवर्तन आउन सक्ने उनले बताए । ‘जबसम्म तपाईंले राम्रो नेता चुन्नुहुन्न, राम्रो पार्टी चुन्नुहुन्न, राजनीतिमा राम्रो मान्छेहरुलाई सहयोग गर्नुहुन्न, राजनीतिमा राम्रो मान्छे आउनुहुन्न, तबसम्म तपाईले बेरोजगारी, गरिबी, दुः’ख, अभा’वबाट मुक्ति पाउनुहुन्न’ उनले भने ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राप्रपाले जितेको ठाउँलाई देशकै नमुना बनाएर सबैलाई देखाउने पनि लिङ्देनले प्रतिवद्धता जनाएका छन् ।

१०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया