मंगलबार ०९ आश्विन २०८०

झापा / झापामा दाइजो स्वरुप मोटरसाइकल नदिँदा दुलही नस्वीकार्ने युवक प’क्राउ परेका छन् । छोरी माग्न आउँदाको सहमति अनुसार नै विहे गरेर दुलही लैजाने क्रममा मोटरसाइकल दाइजो मागेपछि दुलाहा’बिरुद्ध नै उ’जु’री गर्नु परेको हो ।

प’क्रा’उ पर्ने दुलाहा झापा जिल्लाको झापा गाउँपालिकाअन्तर्गत पर्ने टाघनडुब्बाका डेबिड गनगाई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्लाको मेचीनगर नगरपालिका – १७ ज्यामिरगढीमाबाट दुलही लाने क्रममा गनगाईले मोटरसाइकल दाइजो मागेका थिए । जबकी दुलहीको परिवारले विवाहका क्रममा गनगाईलाई दाइजोस्वरूप ४ लाख बराबरको सामग्री दिएका थिए ।

दुलहीका परिवारका अनुसार गनगाई छोरी माग्न आउदा दाइजोमा मोटरसाइकल दिन सक्दैनौं भनेर प्रस्ट पारेका पारिएको थियो । त्यसपछि केटा पक्ष पनि मन्जुर भएको तर शुक्रबार बेहुली लाने क्रममा मोटरसाइकलविना नहुने जि’द्धि गरेपछि दुलही पक्षले प्रहरीलाई खबर गरेका थिए ।

दुलही चौधरी समुदायकी हुन् । दुलही पक्षले विवाहमा दुलाहलाई दाइजोवापत टीभी, फ्रिज र सोफासेट गरि करिब ४ लाख रुपैयाँ बराबरको सामग्री दिएको जनाइएको छ । तरपनि दुलाह अन्तमा नमानेको बताइएको छ ।

विदेशमा रहँदा समाजिक संजालमार्फत एकअर्का बीचमा चिनजान भएपछि गनगाई र चौधरी युवतीबीचमा प्रेम बसेको थियो । त्यसपछि उनीहरु विवाहसम्मको अवस्थामा पुगेका थिए ।

५६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया