
काठमाडौं / वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा देशभर सत्तारुढ गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । धरानको वडा नं ६ को चुनावी भि’ड’न्त भने राजनीतिक दलबीचमा मात्र सीमित छैन ।
यहाँ गठबन्धन र एमालेका उम्मेदवार ज्वाँई–जेठानबीच पनि रोचक भि’ड’न्त हुँदैछ । वडा नं ६ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार छन्, ३९ वर्षीय हरिबहादुर राई । उनका प्रतिस्पर्धी छन्, गठबन्धनबाट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार ३६ वर्षीय कृष्णकुमार राई (भुपाल) । गठबन्धनका उम्मेदवार कृष्ण एमालेका उम्मेदवार हरिका आफ्नै कान्छी बहिनी लक्ष्मीका श्रीमान् अर्थात कान्छा ज्वाँई हुन् ।
निर्वाचनको बेला अलग अलग पार्टीका नेता, कार्यकर्ताहरुबीच आ’रो’प प्र’त्या’रोप, घो’च’पेच र बोलचाल नै पनि बन्द हुने गर्छ । कतिपय ठाउँमा झ’ग’डा नै पनि पर्छ। यहाँ त झन् प्रमुख प्रति’स्पर्धी दलबाटै ज्वाँई र जेठान चुनावी मैदानमा छन् ।
तरपनि उनीहरुबीच सम्बन्धमा कुनै क’टु’ता आएको छैन । दुवै जनाको कुरामा समानता छ, ‘हामी व्यक्तिगत ल’डा’ईमा छैनौ, समाज बनाउने र वडाको समग्र विकास गर्ने प्रतिस्पर्धामा छौ । त्यसैले व्यक्तिगत गा’लीगलौचमा उत्रदैनौं ।’
अर्को रोचकता के पनि छ भने यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि उनीहरु वडा सदस्य पदमा एमाले र कांग्रेसबाट उठेका थिए । त्यसबेला एमालेको प्यानलै विजयी भएको थियो ।
उक्त जित हा’रले पनि दुवैको पारिवारिक सम्बन्धमा द’रा’र आएन । जेठान हरि भन्छन्,‘राजनीति समाजलाई राम्रो बनाउन, विकास गर्नको लागि गर्ने हो । मैले ५ वर्षमा के गरे, त्यो मतदातालाई भन्ने हो । गा’ली’गलौज गर्नुपर्दैन, र त्यो खालको राजनीति गर्नुपनि हुन्न । त्यसैले हामीमा कुनै समस्या छैन ।’यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।