बुधबार २४ जेठ २०८०

महेन्द्रनगर / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई राति निन्द्रा लाग्न छोडिसकेको बताए । बिना मगरप्रति व्य’ङ्ग्य गर्दै ओलीले भने, ‘ससुराको त होस्, हवास् उडिसक्यो । राति निन्द्रा लाग्न छोडिसक्यो । बुहारीको के हालत हुन्छ । एमालेबाहेक अरु विकल्प छैन ।’

सोही अवसरमा बोल्दै उनले विगतमा भएको महाकाली सन्धी सम्झौताअनुसार नै कञ्चनपुरको दोधारा चाँदनीमा अबको दुई वर्षभित्रमा पानी पुर्‍याउने दाबी समेत गरेका छन् ।

कञ्चनपुरको बैलौरीमा आयोजित चुनावी जनसभालाई बिहीबार सम्बोधन गर्दै उनले आउँदो संसदीय निर्वाचनपछि नेकपा एमालेको सरकार बन्ने दाबी गर्दै दुई वर्षभित्र दोधारा चादनीमा सिचाँइका लागि पानी पुग्ने बताएका छन् ।

‘हामी सरकारमा हुँदा भारतसँग कुरा गरेर सर्भेको काम अगाडि बढाएका छौं । अबको दुई वर्षभित्र दोधारा चाँदनीमा सिचाँइ पुग्छ,’ उनले भने । उनले अहिलेको सरकारले विकासको काममा पटक्कै ध्यान नदिएको आ’रो’प समेत लगाएका छन् ।

‘हामीले गु’मे’को भूमि नक्सामा समेटेर संसदबाट पनि पास गरायौं । राष्ट्रियताको सबालमा यति ठूलो काम गर्नका लागि अहिले नेपालमा एमालेबाहेक अरु कुनै पार्टी नै छैन ,’ उनले भने ।

२६० पटक हेरिएको

तपाईको प्रतिक्रिया