
धनगढी / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई बिना कारण जे’लमा राखेको बताएका छन् । कैलालीमा आयोजित चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै उनले सरकार न’ढ’लेको भए उक्त समस्या समाधान भइसक्ने बताए ।
यहाँका थारु नेता जे’लमै छन् । अनेकौं हजार मान्छे म’रे, जे’लमा हुनुपरेन । यहाँ हुँदै नभएको मान्छेलाई मु’द्दा लगाएर,’ ओलीले भने, ‘रेशम चौधरी त्यसबेला यहाँ थिएनन्, उनलाई मु’द्दा लगाउनुपर्ने कुनै कारण थिएन ।’
उनले स’मस्या समाधानका लागि आफूले थारु अगुवाहरुलाई बोलाएर सहमति गरेको बताए । ‘मैले थारु समुदायका नेताहरुसँग ६ बुँदे स’म्झौता गरेर ती समस्याहरु समाधान गर्छु भनेर प्रतिबद्धता जनाएको थिएँ । तर सरकार गयो ।’
उनले अहिलेको सरकार दस महिना वितिसक्दा समेत समस्याको समाधान नगरेको आ’रो’प लगाएका छन् । ‘अहिलेको सरकार भोटको राजनीति गर्छ, समस्या समाधान गर्दैन,’ उनले भने ।
उनले आफू सरकारमा रहँदा थारु कल्याणकारिणी सभालाई बोलाएर सहमति गरेको बताए । त्यसबेला गृहमन्त्री रामबहादुर थापा थारुहरुले ध’र्ना दिएकै ठाउँमा मा’ग पूरा गर्न पलेटी कसेर समर्थन जनाएका थिए ।