
काठमाडौं, २१ वैशाख / नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । विप्लव समूहका रुपमा परिचित नेकपामा चुनावको विषयले फुट आएको हो ।
विप्लवले सुरुमा धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टी सदस्यता समेत नरहने गरी निष्काशन गरेका छन् । बास्तोला समूहले पनि विप्लवलाई महासचिवबाट हटाउने घोषणा गरेको छ ।
चितवनमा सुरु भएको केन्द्रीय समिति बैठकले विप्लवलाई सिद्धान्तबाट विचलित भएको आरोप लगाउँदै निष्काशन गरेको बास्तोला समूहले भनेको छ । उक्त समूहले विप्लवलाई क्रा’न्तिलाई धो’का दिएको आ’रो’प समेत लगाएको छ ।
विप्लव समूहमा बास्तोला र वलीले चुनावमा भाग लिन नहुने अडान राखेका थिए । तर, विप्लवले भने चुनावलाई प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए । यही विषयले वि’वा’द बढेर विप्लव समूह फु’टे’को छ ।
विप्लव समूहका विश्वकर्माको प्रतिक्रिया : हामीलाई कारवाही गर्नु पा’ग’लपना हो, त्यसको कुनै अर्थ छैन
नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा समूहका नेता खड्गबहादुर विश्वकर्माले विप्लवसहित आफूलाई कारवाही गर्नु पा’ग’लपना भएको टि’प्पणी गरेका छन् ।
बुधबार चितवनमा बसेको हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षले विप्लवलाई महासचिव र विश्वकर्मालाई प्रवक्ताबाट हटाएपछि विश्वकर्माले आफूहरुलाई कारवाही गर्नुको अर्थ नभएको बताएका छन् । हेमन्तप्रकाश र धर्मेन्द्र पक्षको भेलाले महासचिवमा विप्लवलाई हटाएर संयोजकमा बास्तोलालाई बनाएको छ ।
‘उहाँ (हेमन्तप्रकाश र धर्मेन्द्र पक्ष) ले हामीलाई का’रवाही गर्नु भनेको पागलपना हो त्यसको कुनै अर्थ छैन । हामीसँग पार्टी छँदैछ, त्यसलाई अघि बढाउँछौ’ सञ्चारकर्मीसँग छोटो प्रक्रिया दिँदै विश्वकर्माले भने,‘पार्टीको नीति विचारअनुसार हामी अघि बढ्छौ ।
त्यस्ता अ’ना’वश्यक कुरामा अ’ल्झिँदैनौ ।’ तपाईंहरु एमालेसँग चुनावी तालमेल गरेकाले विभाजनको अवस्थामा पुगेको हो भन्ने प्रश्नमा विश्वकर्माले आ’रो’प लगाउनेहरूसँग केही भन्न नसकिने बताए ।