शुक्रबार १९ जेठ २०८०

काठमाडौं, २१ वैशाख / बुधबार बिहान ९ः४० बजेतिर एक नेपाल बाहिरको नम्बरबाट फोन आयो । जुन फोन अफिसको एक्सचेन्ज नम्बरमा दुई पटक फोन आयो । त्रिभुवन विमानस्थलमा खटिएका टर्मिनल ड्युटी अफिसरले फोन उठाए ।

फोन उठाउने विक्तिकै उताबाट भनियो,– ‘सलाम वालेकुम । तपाईंको डोमेस्टिक टर्मिनल क्षेत्रको सात ठाउँमा ब’म राखिएको छ । दुई घण्टाभित्र वि’स्फो’ट हुन्छ ।’

त्यसको केही समय पुनः फोन आयो । यताबाट टर्मिनल ड्युटी अफिसरले प्रश्न गर्न नपाउँदै उताबाट सात ठाउँमा ब’म राखिएको र दुई घण्टाभित्र वि’स्फो’ट हुने कुरा दोहोर्‍याए ।

आन्तरिक उडानतर्फका ड्युटी अफिसरले तत्कालै नागरिक उड्डयन प्राधिकरणको कार्यालयका अधिकारीलाई जानकारी गराए । त्यसपछि तत्कालै सुरक्षा निकायलाई खबर गरियो । बिहान ९ः४० देखि ९ः५० को बीचमा ब’म राखेकोबारे सूचना पाएपछि विमानस्थल प्रशासनले एक्सन लियो ।

विदेशकै नम्बरबाट आएको फोनमा बोल्ने व्यक्ति भने नेपाली बोलिरहेका थिए । तुरुन्तै विमानस्थल प्रशासन, कार्यरत सुुरक्षा निकाय, नेपाल प्रहरी, सश’स्त्र प्रहरी र नेपाली से’नाको ब’म डिस्पोजल टोली परिचालन भयो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार डोमेस्टिक टर्मिनलको सम्पूर्ण क्षेत्रमा स’र्च अ’प्रे’शन चलायो ।

बम डिस्पोजल टोलीद्वारा यात्रु बस्ने क्षेत्र, सुरक्षा जाँच गरिने क्षेत्रमात्र नभएर शौचालयहरूमा समेत सर्च गरियो । सर्च गर्दा त्यस्तो शं’का’स्पद वस्तु केही पनि नपाइएको प्रवक्ता सिटौलाले जानकारी दिए । ब’म राखेको सूचना आएपछि १० बजेदेखि नै सर्च अप्रेशन सुरू गरिएको उनको भनाइ छ ।

सर्च अप्रेशन सुरु गर्नुअघि एयरपोर्ट इमरजेन्सी प्लानअनुसार अपनाउनुपर्ने सा’व’धानी अपनाएर टर्मिनलभित्र रहेका यात्रु तथा सबै कर्मचारीलाई बाहिर निकालियो । र सबै विमानहरूको उडान ब’न्द गरियो ।

सुरक्षा निकायले तालिमप्राप्त कुकुरदेखि ब’म डि’डे’क्टरको सहायताले सर्च अप्रेशन चलाइएको थियो । तर, केही पनि शं’का’स्पद बस्तु फेला नपरेको प्रवक्ता सिटौलाले बताए ।

थ्रेट दिने व्यक्तिबारे सुरक्षा निकायलाई जानकारी गराइएको र सुरक्षा निकायले अ’नु’स’न्धान प्रक्रिया अघि बढाइसकेको उनको भनाइ छ । शं’का’स्पद बस्तु फे’ला नपरेपछि बिहान ११ः१० बजेदेखि विमानस्थल सुचारु गरिएको उनको भनाइ छ ।

विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी भीम ढकालले थ्रे’ट’कलबारे अ’नु’सन्धान थालिएको बताए । ‘फोन गर्ने व्यक्तिबारे अनुसन्धान थालिसकेका छौं । अनुसन्धानपछि नै थप कुराहरू खुल्नेछन्,’ ढकालले भने ।

विमानस्थलमा कुनै थ्रे’ट आएको खण्डमा ब’म नै राखिएको जस्तो मानेर अ’प्रे’शन गर्नुपर्ने विमानस्थल प्रवक्ता सिटौलाले बताए । ‘ब’म थ्रे’ट आएपछि यसलाई म’जा’कको रूपमा नलिई साच्चिकै ब’म नै राखिएको हो भनेर हामीले त्यहीअनुसार काम गर्छौ,’ प्रवक्ता सिटौलाले भने, ‘किनकि त्यो थ्रे’ट साँच्चै हो कि झु’टा हो भन्ने कुरा त हामीलाई थाहा हुँदैन । त्यसैले हामीले साँच्चै नै ब’मै हो भनेर काम गर्नुपर्छ ।’

यो बीचमा कुनै शं’का’स्पद बस्तु देखेमा तत्कालै सुरक्षा निकायलाई जानकारी दिन सबै यात्रुहरूलाई अनुरोध गरिएको उनको भनाइ छ । एक घण्टाभित्रै सर्च अप्रेशन सकिएको भन्दै डिले भएका सबै उडान आज दिनभर गन्तव्यमा पुर्‍याइसकिने बताए ।

केही विमानस्थल राति १२ बजेसम्म सञ्चालन हुन थालिसकेका छन् । एक घण्टा मात्रै डिले भएको हो । यसमा रातिसम्म भए पनि सबै उडान सक्नुपर्छ,’ प्रवक्ता सिटौलाले भने ।

४९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया