
काठमाडौं / प्रतिपक्षी दल नेकपा (एमाले)बाट काठमाडौं महानगर मेयरका उम्मेदवार केशव स्थापितको बेलगामको बोलीले एमालेका उम्मेदवारहरूलाई फ’सा’द परेको छ । विभिन्न सार्वजनिक कार्यक्रममा स्थापितले म’न’मौजी बोल्न थालेपछि पार्टीका अन्य उम्मेदवारलाई फ’सा’द परेको हो ।
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारले अब सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा बोल्न पाउने छैनन् । स्थापितको बोलीकै कारण पार्टीका अरू उम्मेदवारहरूलाई बा’धा हुने भन्दै सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा बोल्नुपूर्व अनुमति लिनुपर्ने भएको छ ।
त्यसका लागि एमालेका उम्मेदवारहरूले पार्टीको निर्वाचन परिचालन कमिटीको अनुमति लिएर बोल्न पाउने छन् । अन्यथा उक्त कमिटीको अनुमतिबेगर मनमौजी (आफूखुसी) बोल्न नपाइने भएको छ ।
खासगरी काठमाडौं महानगर मेयरका उम्मेदवार स्थापित एकपछि अर्को वि’वा’दमा परेर पार्टीलाई नै बा’धा हुने भन्दै एमालेले यस्तो नीति तय गरेको हो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
यो पनि :- सिर्जना र केशवका लागि बालेन चुनौती :
काठमाडौं, बैशाख २१ / देशको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा चुनावी सरगर्मी बढेको छ । पाँच दलीय गठबन्धन, नेकपा एमालेका साथै स्वतन्त्र उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका दिएका छन् ।
उम्मेदवारहरू घरदैलो कार्यक्रम गर्दै आफू नै सक्षम, बलियो, राम्रो रहेको दाबी गर्दै आफूलाई मतदान गर्न सर्वसाधारणसँग अपिल गरिरहेका छन् । वैशाखको च’र्को गर्मीबीच उनीहरूले बिहान र साँझको समयमा घरदैलो कार्यक्रम गरिरहेका छन् ।
आफू आबद्ध पार्टी र उम्मेदवारले घोषणा गरेको प्रतिबद्धतापत्र बोकेर उनीहरू सर्वसाधारणको घरमा पुगिरहेका छन् । आफू विजयी भए गर्ने विभिन्न काम जानकारी दिँदै मतदाता रिझाउने काममा अहिले उनीहरू लागिरहेका छन् ।
पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसबाट सिर्जना सिंह र एमालेबाट पूर्व मेयर एवं बाग्मती प्रदेशका पूर्वमन्त्री केशव स्थापित, स्वतन्त्र उम्मेदवार बालेन शाहलगायत काठमाडौं महानगरको मेयरका उम्मेदवार रहेका छन् ।
यस्तै, पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता रामेश्वर श्रेष्ठ र एमालेबाट सुनिता डंगोललगायतका नेता उपमेयरका उम्मेदवार रहेका छन् ।
बलियो र पुरानो पार्टीबाट मेयरमा उम्मेदवारी दिएका नेतामाथि स्वतन्त्र उम्मेदवार रहेका बालेन शाह चुनौतीका रूपमा देखा परेका छन् । स्थानीयहरूले काठमाडौंमा त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।