आइतबार २१ जेठ २०८०

काठमाडौं / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । उनी जेठ २ गते बौद्ध पूर्णिमाको अवसरमा नेपाल आउन लागेको स्रोतले जनाएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार मोदी लुम्बिनी भ्रमणको तयारीमा छन् । पछिल्लोपटक प्रधानमन्त्रीमा चयन भएपछि मोदीले पहिलोपल्ट नेपालको भ्रमण गर्न लागेका हुन् ।

युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण योजनामा मोदी रहेको भारतीय सञ्चारमाध्यम द हिन्दुले जनाएको छ ।

त्यस अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि लुम्बिनीमा पुग्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवा भारत गएको एक महिनापछि नै मोदी नेपाल आउन लागेका हुन् ।

को’भि’डको म’हा’मारीपछि मोदीले मे महिनामा तीनवटा अन्तर्राष्ट्रिय भ्रमणको योजना बनाएको समाचारमा जनाइएको छ ।

त्यसमध्ये नेपाल एक हो । भारतले नेपालका लागि राजदूत पनि त्यसअघि नै पठाउने तयारी गरेको स्रोतले जनाएको छ । नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रा परराष्ट्र सचिव भएपछि राजदूत रिक्त रहेको छ । मोदीको नेपाल भ्रमण भने यसपल्ट निकै छोटो हुन सक्ने बताइएको छ ।
 

२२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया