
काठमाडौं/ नेकपा एमालेको केन्द्रीय समितिको बैठकले माधव नेपाल समुहको सबै पद खोस्दा सो पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले भने नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पद यथावत रहेको बताएका छन् । उनले माओवादी केन्द्र छोडेर एमालेमा आएकाहरुलाई ठाउँ दिन मात्र बैठकले यस्तो निर्णय गरेको प्रष्ट पारेका छन् ।
ओली पक्षको बैठकले नेपाल पक्षकाहरुलाई पुरै वाइपास गरेर एकलौटी निर्णय गरेपछि ओली इतरकाहरुले सो कदमको विरोध गरेका छन् । तर प्रवक्ता ज्ञवालीले भने महाधिवेशन आयोजक समिति गठन गर्दा पदाधिकारी नरहने भए पनि अहिलेसम्म सबै पदाधिकारी यथावत रहेको बताएका छन् । नेपाल प्रेस अनलाईनसंगको भिडियो अन्तरवार्तामा उनले यस्तो बताएका छन् ।
प्रवक्ता ज्ञवालीले पार्टी एकता प्रक्रियामा माओवादी केन्द्रबाट आएका नेताहरुको व्यवस्थापन गर्नका लागि शुक्रवार विशेष बैठक आह्वान गरिएको बताएका छन् । उनीहरुलाई ब्यवस्थापन नगरि नियमित बैठकमा जान नमिल्ने भएकाले निर्णय लिइएको तर्क राखे ।
ज्ञवालीले शुक्रवारको केन्द्रीय कमिटी बैठक नेकपा एमाले पुनःस्थापनापछिको विशेष बैठक भन्दै यो २०७५ जेठ ३ गते अघिको एमाले नभएर नयाँ एमाले भएको बताए ।
शुक्रवारको बैठकले अब माधव नेपाल पक्षलाई एमालेमा फर्केर नेकपामा जस्तै पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई कामै गर्न नदिने, घेराबन्दी गर्ने, गणितको खेल खेल्ने वा समानान्तर पार्टी कमिटीका अभ्यास गर्ने छुट सदाका लागि बन्द गरिएको समेत बताए । हे’र्नुहोस् भिडियो:-