सोमबार ०९ जेठ २०७९

काठमाडौं / वरिष्ठ हास्य कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ । बुधवार श्रेष्ठको ७२ औँ जन्मदिनको अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो ।

गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ । गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छन् । गीत बिरामीका कारण स्मरण श’क्ति गु’मा’एका हजुरबुवालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुवाको कथामा गीत समेटिएको छ ।

सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियो हरि हुमागाँईले छायाङ्कन र सम्पादन गरेका हुन् । गीतकार तथा संगीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत एउटा सपना छ को लेजेन्डरी भर्सन सार्वजनिक गरेका हुन् । भिडियो हेरेपछि वरिष्ठ कलाकार श्रेष्ठले आफूलाई हास्य कलाकार भन्दा धेरै गायक भनेको मन पराउने बताए ।

त्यस्तै गीत हेरिसकेपछि हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले मदनकृष्ण श्रेष्ठले हसाउने मात्रै भनेको सुनेपनि गीत गाएर रु’वा’एको बताए । उनले श्रेष्ठको गीत भा’वुक बनाउने र मर्मस्पर्शी रहेको उल्लेख गरे ।

त्यस्तै अभिनेत्री आँचल शर्माले भिडियो र गीत उत्कृष्ट रहेको बताइन् । उनले भिडियोको सम्पादन र क्वालिटी (गुणस्तर) पनि अत्यन्त उत्कृष्ट रहेको बताइन् । कार्यक्रममा उपस्थित कलाकारहरुले वरिष्ठ कलाकार तथा गायक श्रेष्ठलाई ७२ औँ जन्मदिनको शुभकामना व्यक्त गरेका थिए । हेर्नुहोस पुरा भिडियो :-

५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया