
काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मदन भण्डारी नामक किताब पढ्न आग्रह गरेका छन् । कांग्रेस नेताहरुप्रति लक्षित गर्दै ओलीले ‘पा’ग’ल’ भनेपछि महामन्त्री शर्माले उक्त किताब पढेर संस्कार सिक्न आग्रह गरे ।
मेरै जिल्लाबासी, जो बालकोटमा बस्नुहुन्छ। यो देशको प्रधानमन्त्री भइसक्नुभएको छ । उहाँले वि’प’क्षीप्रति गर्ने टि’प्पणी, आफ्नै पार्टीको विप’क्षीहरुसँग गरेको व्यवहार, फरक विचार राख्नेसँग गरेको व्यवहार देखेर भन्न मन लाग्छ,’ राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘उहाँले कांग्रेसबाट नै पनि केही सिक्नु पर्दैन । मदन भण्डारी नामक पुस्तक पढ्नुभयो भने धेरै कुरा सिक्न सक्नुहुन्छ ।’
उनले वि’प’क्षी दलको रुपमा बोल्दै गर्दा वा प्रधानमन्त्रीको रुपमा बोल्दैगर्दा अर्को पार्टीको सभापतिको बारेमा भ’द्दा टिप्प’णी गरेको आरोप लगाए । त्यसैले स्वच्छ ढंगले आ’लो’चना, टिप्प’णी र बहस गर्न उनले आग्रह गरे ।
उनले जनताको बहुदलीय जनवाद भनेरमात्रै देश समृद्ध नबन्ने तर्क गरेका छन् । त्यसका लागि लागि राजनीतिक संस्कार पनि हुनुपर्ने उनले बताएका छन् ।
‘त्यही भएर म आग्रह गर्न चाहन्छु, निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा गरौं । हामीबाट केही सिक्न पर्दैन, कम्तिमा मदन भण्डारीलाई विश्वास गर्नुहुन्छ भने मदन भण्डारीकै विचार र संस्कार सिक्न आग्रह गर्छु,’ उनले भने । अन्नपूर्ण पोष्ट बा’ट ।