आइतबार ०८ जेठ २०७९

काठमाडौं / चर्चित गायक प्रमोद खरेलको स्वर रहेको ‘मायाको नाटक’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । दिनेश राज पुरीको शब्द सिर्जना रहेको गीतमा नवीन कार्कीको संगीत रहेको छ ।

विशाल निरौलाको म्युजिक एरेञ्ज र मिक्सिङ रहेको यस गीतको म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित मोडलहरु गरिमा शर्मा र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

त्रिकोणत्मक प्रेम कथामा आधारित भएर बनेको यस गीतको भिडियोमा बिक्रम र गरिमाका अलावा संगम मल्ल ठकुरीको पनि अभिनय देख्न सकिन्छ । प्रेमिकाले धो’का दिएर प्रेमीलाई घा’इ’ते बनाएको कथालाई निर्देशक बिक्रम चौहानले कलात्मक तरिकाले भिडियोमा देखाएका छन् ।

प्रकाश खड्काको छायाङ्कन, मिलन बिकको कलर र सम्पादन रहेको भिडियो गायक सुभाष पुरीको प्रस्तुतिमा तयार भएको हो । अहिलेका चर्चित गायक प्रमोद खरेलका अन्य गीतहरूजस्तै यो गीतले पनि शुरुवाती दिनमै थुप्रै दर्शक अनि श्रोताहरूमाझ चर्चा कमाउन सफल भएको छ । हेर्नुहोस् भिडियो :-

७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया